राजनीति

ओली र प्रचण्डभन्दा देउवा इमान्दार

मेरो इच्छा त कमरेड प्रचण्डले पाँच वर्ष नै प्रधानमन्त्री खाउन,त्यसपछि राष्ट्रपति बनुन र देशमा राजनीतिक स्थिरता कायम होस,भारत,चीन,अमेरिका र पश्चिमा शक्तिहरूले देशमा चलखेल गर्ने वातावरण नहोस भन्ने थियो। तर मैले भनेजस्तो नेपालको अवसरवादी र धोकाघडी राजनीतिमा नहुँदो रहेछ। जे भएपनि जनयुद्वका बेला भारतले उपयोग गरेका,पत्याएका क्रान्तिकारी नेता हुन प्रचण्ड ।

उनले १७ हजार नेपालीहरूलाई बलिदान गराउने महान क्रान्ति गरे,जनयुद्धका एजेण्डा बीचैमा छाडे, तीन पटक प्रधानमन्त्री भए,देश र नेपाली जनताको हितमा सिन्को भाचेनन। अलिअलि भारत,चीन र अमेरिकाको हितमा काम गरे। तर पनि निरंकुश राजतन्त्र हटाएर गणतन्त्र स्थापित गराए,संघियता लागू गराए, स्थानीय तहको पुनसंरचना गराए । माओवादी केन्द्रका प्रायस् सबै नेताहरूलाई आलोपालो गरि केन्द्रीय नेता,पोलिटव्युरो,पदाधिकारी,सांसद, मन्त्री,उपप्रधानमन्त्री,प्रधानमन्त्री बनाए।

आफ्ना परिवारको पनि उद्दार गरे। चितवनमा १० कठ्ठा जग्गा जोडेर आलिसान एक तले महल बनाए। पुलिसलाई अगुवा(पछुवा राखेर सुरक्षा निकायको दुरूपयोग गर्दै साइरन बजाउदै सान देखाउदै निरंकुश राजाले झै हिडन पाए। उनको त सत्तामा भएपनि नभएपनि राजषि जीवनै चलिनै रहेको छ। भोली पनि यसरी नै चलिराख्ने छ।

प्रचण्ड रहुन्जेल राजनीतिक उथलपुथल भैरहन्छ,३२ सिटको जादुमय नम्बर छ भनेर २०६४ पछि क्रमशः खिइदै गएको राजनीतिक शक्तिले बढी फुरफुर गर्दा माओवादी केन्द्र राजनीतिक रूपमा धर्मसंकट तर्फ फस्दै गएको छ । भोली कतै एक्लै चुनाव लडनु पर्यो भने अस्तित्व नै संकटमा पनि पर्न सक्छ।

त्यसैले यसले ढिलो चाडो एमालेसँगै पार्टी एकता नगरि धर छैन। भारतका तुरूप माधव नेपाल,नागरिक उन्मुक्ति पार्टी,जनमत पार्टी,जसपा,लोसपा,पश्चिमा निकट र राजनीतिक अवसरवादी रास्वपा र जसपा नेपाल र भुरे टाकुरे पुर्व माओवादी धारका पार्टीहरूको मोर्चा वा एकता गराएर पनि प्रचण्ड अब नयाँ राजनीतिक उचाईमा पुग्ने ठाउँ छैन।

मतदाताको मनोविज्ञान बुझ्दा युवा मतदाता अस्थिर छन। पहिलाको जस्तो मतदाता जीवनभर एउटै पार्टीलाई मत दिने पक्षमा छैन। उनीहरू नयाँ जनप्रतिनिधि खोज्न उद्दत छन।मतदाताले नयाँ र युवा राजनीतिक शक्ति खोज्दैछन। त्यो अवस्थामा ओली बा पनि प्रचण्डलाई गलाएर २०८४ अघि पार्टी एकता गराउने रणनीतिमा छन। भारतीय तुरूप माधव पनि एमाले वा माओवादी केन्द्रतिर नमिलि सुख छैन। अहिल्यै विभाजित पनि हुन सक्छ। प्रेम आले र किसान श्रेष्ठ असन्तुष्ट छन। उनीहरूले पाँच जना संसद लिएर विद्रोह गर्दै एमाले प्रवेश गर्न सक्छन। राजेन्द्र पाण्डे पनि असन्तुष्ट छन। मन्त्री पाए उनी पनि माधवलाई हाप्न तयार देखिन्छन। यो अवसरवादी झुण्डहरूको धेरै लामो इतिहास बन्ने देखिदैन।

मोदीको सपथग्रहणमा गएर आएपछि प्रचण्डले एमालेको विकल्पमा नयाँ राजनीतिक समिकरण बनाउन खोजे,तर नेपाली कांग्रेसका सभापति शेर बहादुर दाइ त्यसमा सहमत भएनन। त्यसपछि देउवा दाइ माथि राजनीतिक दबाब दिन बिआरआईमा हस्ताक्षर गर्ने,सहकारीको रकम ठग र अपचलनका नाइकेलाई अगाडि सारेर उसका काधमा बन्दुक राखेर पडकाउदै भुटानी शरणार्थी केसको अनुसन्धानमा भाउजुलाई समात्ने, गिरिबन्धुमा बालाई फसाउने चलखेल भएपछि प्रचण्ड सरकारको आयु सकिएको हो। यसको उल्टो रियाक्सन भयो। दिल्ली र बेइजिङले पत्तो नपाइ अमेरिकी सहयोगमा रातारात नयाँ राजनीतिक समिकरण बन्यो। भाउजू र बालाई समाउने र रातारात हिरो बन्ने लामिछाने ब्रो र प्रचण्ड कमरेडको षडयन्त्र फेल खायो।

प्रचण्ड अझै पनि एमाले र बालाई आउट गर्ने चलखेल गर्दैछन। देउवा दाईलाई तपाईं नै साढे तीन वर्ष खानु होस भनेर फकाउदै र उक्साउदै छन। तर देउवा दाइले मानेका छैनन। देउवा दाईले एक वर्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमतिमा अडिग रहेका बेला प्रचण्ड विना कारण र आधार गत फागुन २१ मा एमालेसँग मिल्न पुगेका थिए। त्यस अघि २०७९ पुस १० मा एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाएको थियो। २०७९ चैत्रमा एमालेलाई धोका दिएर फेरि कांग्रेससँग लगनगाठो जोडन पुगेका थिए।

प्रचण्डको यो र यस्ता खालका जालझेल,षडयन्त्र र उपयोगवादी राजनीतिक रणनीति फेल खाएको छ। यसरी सधैभरि चरम अवसरवादी र उथलपुथलको राजनीति चल्दैन। यस्तो राजनीति एक( दुई पटक मात्र टिक्छ,त्यसपछि सकिन्छ। ओली बा को नेतृत्वमा बन्ने आगामी सरकार पनि सहमति अनुसार डेढ वर्ष टिक्न कठिन नै छ। ओली बा कसैको दबाब वा सहकार्यमा काम गर्ने स्वभाव र कार्यशैली भएका नेता हैनन। त्यसैले भावी सरकार पनि बढीमा एक वर्षपनि टिक्न गाह्रो छ। त्यसपछि बन्ने भनेको देउवा दाईकै सरकार हो।

सरकारसँग तिव्र गतिमा विकास निर्माणका काम गर्नका लागि प्रयाप्त पैसा छैन,आन्तरिक राजस्व र आन्तरिक ऋणले साधारण खर्च धान्दैन, विदेशी सहयोग र ऋण नलिए,नआए विकास र निर्माणका काम अगाडि बढाउन सकिँदैन। त्यो अवस्थामा सरकारले सुशासनको आधार बनाउन सक्छ। तर कांग्रेस,एमाले,माओवादी केन्द्र,जसपा,लोसपा,रास्वपा र राप्रपाले बनाएको कर्मचारी प्रशासनभित्र हुर्काएको राजनीतिकरणले ३० प्रतिशत कर्मचारी घुस्याहा,भ्रष्ट र कामचोर छन। तिनले सिंगो निजामती प्रशासनलाई सुशासनयुक्त बन्न दिदैन। सुशासन कायम गर्ने र जनतालाई छिटोछरितो सेवा प्रवाह गर्न ३६० वटा नियमावली बाधक छन। तिनलाई संशोधन गर्न भ्रष्ट निजामती प्रशासनले मान्दैन। घुस खाने र कमिशन लिने कानुनी आधार त्यही छ।

त्यो अवस्थामा भावी ओली बाको सरकारले संविधान संशोधन गरेर समानुपातिक निर्वाचन प्रणाली हटायो भने त्यो ठुलो उपलब्धि हुनेछ। यसमा जनाधार नभएका साना दलले सहयोग गर्दैनन। किनभने साना दलको संसदमा पुग्ने आधार नै समानुपातिक निर्वाचन प्रणाली हो। प्रत्यक्ष निर्वाचन प्रणालीमा साना दलले जित्न सक्दैनन। साना दलले यसको विरोध गर्दै सडक आन्दोलन गर्छन।

त्यो आन्दोलनलाई भारत,अमेरिका र पश्चिमा शक्तिले पैसा दिएर सहयोग गरि उचाल्छन। अर्को राजनीतिक अस्थिरता पैदा गर्छन,अनि ओली सरकार ढल्छ,त्यसपछि देउवा सरकार बन्न सक्छ। सरकार बनाउने र ढलाउदै जादा भारत,अमेरिका र पश्चिमाका आफ्ना स्वार्थ पूरा हुन्छन। तिनका सारथी पुर्व राजादेखि दलका दुई पैसे शिर्ष नेताहरू बन्छन। जे होस नेपालको राजनीतिमा प्रचण्ड,ओली बा भन्दा देउवा दाइ राजनीतिक रूपमा धेरै इमानदार देखिएका छन। उनले पहिला गिरिजिबाबुलाई धोका दिए र पछि राजा ज्ञानेन्द्र शाहलाई विश्वास गरेपनि यी दुई घटनाबाट पाठ सिकेर त्यसपछि भने समकालीन अन्य पार्टीका नेताहरूको भन्दा तुलनात्मक रूपमा विचार,सिद्वान्त,आदर्श,मूल्य(मान्यता र इमानदारीताको राजनीति गरेको देखिन्छ।

अब संविधानको धारा ७६९२० अनुसारनै केपी शर्मा ओली बा को नेतृत्वमा सरकार बन्छ। त्यो सरकारले धारा ७२९४० अनुसार सरकार बनेको ३० दिन भित्र विश्वासको मत लिन्छ,त्यस अनुसार विश्वासको मत पाएन भने मात्र धारा ७२९३० अनुसार प्रतिनिधि सभामा रहेको सबै भन्दा ठुलो दल नेपाली कांग्रेसको संसदीय दलका नेता शेर बहादुर देउवा दाईको नेतृत्वमा अल्पमतको सरकार गठन हुने हो। संविधानको स्पिड,भावना र सर्वोच्च अदालतको फैसलाको चुरो कुरा यही हो। ओली सरकारले कम्तिमा १६६ मत पाउछ। वकीलहरूले त आआफ्नो पक्षको हितमा शुल्क लिएर वहस गर्ने हुन,उनीहरूको धर्म पनि त्यही हो। वकीलका तर्ककुतर्क धेरै नसुनौं। वकीलहरूका कुरा दलका नेता र न्यायाधीशले सुनेर आआफ्नो विवेकले निर्णय गर्ने हुन।

फेसबुक वालबाट

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *