राजनीति

स्वर्णिम वाग्लेलाई बेलैमा भुल सच्याउन बाबुराम भट्टराईको सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष स्वर्णिम वाग्लेले दिएको अभिव्यक्ति बेलैमा सच्याउन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुझाव दिएका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘‘मन्रो डक्ट्रिन’ जस्तो एउटा सार्वभौम देश÷क्षेत्रमा अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन ! नेपाल जस्तो दुई ठूला देशको बीचमा रहेको मुलुकका निम्ति त झन अकल्पनीय कुरा हो ! स्वर्णिम वाग्लेले बेलैमा भुल सच्याउनु राम्रो होला ।’

वाग्लेले एक अभिव्यक्तिमार्फत भारतले आफ्नो प्रभुत्व जमाउन खोजेको र नेपालले त्यो कुरा बुझिदिनुपर्ने आशयको अभिव्यक्ति दिएपछि प्रतिनिधिसभा बैठकमा चर्को आलोचना भएको थियो । नेकपा एमाले र कांग्रेसका सांसदहरुले यो विषयमा चर्को आलोचना गर्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *