अर्थ

सुरक्षाका दृष्टिले खतरा रहेको सिनामंगलको हवाई इन्धन डिपो अन्यन्त्र सार्न लागिएकै हो त ?

काठमाडौं । प्रधानमन्त्री के.पि. शर्मा ओलीले विमानस्थलको सुरक्षालाई मध्यनजर गर्दै नेपाल आयल निगमको हवाई इन्धन डिपो सिनामंगललाई अहिले भएको ठाउँबाट अन्यन्त्र सार्न निर्देशन दिए लगतै तालुकदार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसहितको उच्चस्तरिय टोलीले नेपाल आयल निगम हवाई इन्धन डिपो, सिनामंगलको शनिबार अवलोकन भ्रमण गरेको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबारमात्र मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको इन्धन भण्डारण डिपो सुरक्षाको दृष्टिकोणले खतरा रहेको जनमानसबाट गुनासो आएकाले तत्काल भण्डारण डिपोलाई अन्यत्र स्थानान्तरण गर्न सम्बन्धित मन्त्री र तालुकदार मन्त्रालयलाई निर्देशन दिएका थिए ।

विमानस्थलमा हवाइजहाजको बढ्दो चाप, डिपोको वरिपरी बाक्लो घनावस्ती लगायतका विविध कारणले सुरक्षाको जोखिम रहेको भन्दै आम नागरिक र विज्ञहरुले उक्त डिपो अहिले रहेको स्थानबाट अन्यन्त्र सार्दै सुरक्षा जोखिम न्युनीकरण सुझाव दिदैँ आएका थिए । तर आम नागरिक र विज्ञको चासोलाई सरकारले गम्भिरतापूर्व लिएको थिएन् । तर अघिल्लो हप्तामात्र सौर्य एयरको विमान दुर्घनापछि भने सरकारको ध्यान विमानस्थल नजिकबाट डिपोलाई अन्यन्त्र सार्ने तर्फ केन्द्रित भएको छ ।

सिनामंगलको हवाई इन्धन डिपो मात्र होइन सुरक्षा चुनौतीको जोखिममा रहेको निगमको भलबारी भैरवहामा रहेको इन्धन डिपो पनि तत्काल त्यहाँबाट अन्यन्त्र नसारे कुनै पनि बेला ठूलो मानवीय क्षेती हुने भन्दै त्यहाँका स्थानीयले डिपो हटाउन माग गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *