काठमाडौं । राजनीति स्थायित्व र देशको सम्रग विकासका लागि काँग्रेस एमालेको सहकार्यपछि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय समग्र देशको दिगो विकास ,नागरीहरूको सुरक्षा र सामाजिक आर्थिक अवस्था सुधारको अभियानमा लागेका छन् । पूर्व प्रधानमन्त्री प्रचण्डले सत्ता केन्द्रित राजनीति गरेर देशमा द्वन्द्वको अवस्था सिर्जना गरेपछि काँग्रेस र एमालेको सहमतिमा प्रधानमन्त्री बनेका ओलीले पछिल्लो नागरिकका हक अधिकार, दिगो विकासको अवधारणा, र शान्ति स्थापनाका लागि अभियान चलाउने बताएका छन् । विगतमा आफू प्रधानमन्त्री भएको बेला सुखी नेपाली समृद्ध नेपालको नारा अघि बढाएका ओली अहिले प्रधानमन्त्रीको रूपमा सरकारको नेतृत्व गर्दै विगतमा भएका गरेका काम र निर्णयलाई सही तरिकाले विश्लेषण गरी नागरिकको हित र देशको हितका लागि काम गर्न लागेका हुन् । राजनीति स्थायित्व र समग्र विकासका लागि कांग्रेस र एमालेको सहकार्यमा रहेको सरकारले स्टन्ट बाजीलाई बन्द गरेर देशको समस्या समाधान केन्द्रित रहेर दिगो विकासलाई ध्यानमा राख्नुपर्छ ।
सोमबार प्रधानमन्त्री ओलीले निर्माणाधीन काठमाडौँ– तराई द्रुतमार्गअन्तर्गत धोद्रे सुरुङ मार्गको दुबैतर्फ ब्रेक थ्रु को उद्घाटन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मकवानपुरको बकैया गाउँपालिकास्थित लामो धोद्रे सुरुङको स्विच थिचेर ब्रेक थ्रु भएको घोषणा गरेका हुन् । प्याकेज नम्बर २ मा रहेको बकैया गाउँपालिकामा निर्माणाधीन धोद्रे सुरुङ मार्गको जोडी सुरुङमध्ये १,६५३ मिटर लम्बाई रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङ मार्ग आज ब्रेक थ्रु भएको नेपाली सेनाले जानकारी दिएको छ ।
यसअघि यही जेठ ४ गते लेनडाँडा सुरुङ मार्गको जोडी सुरुङमध्ये काठमाडौँबाट निजगढतर्फ जाने १,६३३ मिटर लम्बाइको सुरुङ मार्ग छिचोलिएको थियो । कुल ७०.९७७ किलोमिटर लामो द्रूत मार्गमा कुल १०.३०९ किलोमिटर सुरुङ मार्ग रहेको छ ।आयोजनामा कुल ६ स्थानमा सुरुङ मार्ग बन्दै गरेको नेपाली सेनाले जनाएको छ । सेनाका अनुुसार सबैभन्दा लामो ३३५५ मिटर लामो सुरुङ महादेव डाँडामा बन्दै गरेको सुरुङ मार्गको ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
यस्तै प्रधानमन्त्री ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रूपान्तरित गर्न प्राथमिकता दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आब २०८०\०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सीमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना ल्याउन भनेका छन् । नेपालमा २०२७ सालमै पानीजहाजको कानुन बने पनि हालसम्म पनि सेवा सञ्चालन हुन नसक्नु देशका लागि दुःखद विषय रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले छिट्टै जल यातायात सञ्चालन हुने गरी काम गर्न आग्रह गरेका छन् ।
आजै प्रधानमन्त्री ओलीले नेपाली सेनाद्वारा निर्माणाधीन काठमाडौं–निजगढ फाष्ट ट्रयाक समेत अनुगमन गरेका छन् । प्राविधिकहरूको टोली लिएर अर्थमन्त्रीसहित ओलीले बहुचर्चित काठमाडौं–निजगढ फाष्ट ट्रयाकको निरीक्षण थालेका हुन् । अनुगमनमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र मुख्य सल्लाहकार बिष्णु रिमालसहित सरकारी टोली रहेका छन् । नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्रयाकको निर्माण कार्यमा ढिलाई भएकाले कामलाई तीब्रता दिएर समयभित्रै सम्पन्न गराउनुपर्ने प्रधानमन्त्री ओलीले बताए ।
यस्तै प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्री र राज्यमन्त्रीहरूलाई सचेत गराउँदै विमानस्थलको सुरक्षालाई मध्यनजर गर्दै नेपाल आयल निगमको हवाई इन्धन डिपो सिनामंगललाई अन्यन्त्र सार्न निर्देशन दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको इन्धन भण्डारण डिपो सुरक्षाको दृष्टिकोणले खतरा रहेकाले तत्काल भण्डारण डिपोलाई अन्यत्र स्थानान्तरण गर्न सम्बन्धित मन्त्री र मन्त्रालयलाई निर्देशन दिए लगतै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसहितको उच्चस्तरिय टोलीले नेपाल आयल निगम हवाई इन्धन डिपो, सिनामंगलको शनिबार अवलोकन भ्रमण गरिसकेको छ । उक्त विषयलाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डले) चासोका रूपमा हेरेका थिएनन् , तर अघिल्लो हप्तामात्र भएको सौर्य एयरको विमान दुर्घनापछि प्रधानमन्त्री ओलीले उक्त डिपो तत्काल अन्यन्त्र सार्न निर्देशन दिए ।
यस्तै प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंक लाइन विवादमा व्यावसायी र निमायक निकायबिचको समन्ध सुधार गर्दै नियमसम्बत मात्र काम गर्न विधुत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिँदै विद्युत काटिएका उद्योगहरुमा तत्काल विद्युत जोड्न निर्देशन दिए । तर उक्त विषयमा प्राधिकरण र उद्योगी व्यावसायीहरुबीच अझै सम्झौता हुन सकेको छैन् । उक्त विषयलाई सरकारले गम्भिरतापूर्ण रूपमा लिनुपर्छ ।
उद्योग व्यवासायीहरुले आफुले प्रयोग नगरेको विद्युतको महशुल दमनात्मक तरिकाले लिन खोजेको भन्दै आक्रोष व्यक्त गरेका छन् । उक्त विषयमा प्रधानमन्त्री ओलीले विद्युत युनिटमा उठेको मात्र महशुल लिन निर्देनश दिएका थिए । तर निर्देशक घिसिङले केही समय सिमा तोक्दै उद्योगव्यावसायीहरुले महशुल नतिरे पुन : विद्युत काटिने निर्देशन दिएका छन् । उक्त विषयलाई समेत सरकारले न्यायपूर्ण तरिकाले हर्न बिर्सनु हुँदैन् । डेडिकेटेड र ट्रंक लाइन विवादमा सरकारको निर्देशन उल्लङ्घन गर्ने विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई आइतरबार पदमुक्त गरेको छ । अध्यक्ष ओलीले नियम विपरित अघि बढ्न खोज्नेलाई छुट नभएको बताउँदै आएका छन् ।