काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनमा एक्लै निर्वाचनमा प्रतिपर्धा गर्ने बताएका छन् । मंगलबार बसेको एमाले पोलिट्ब्युरो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा गठबन्धनलाई टुटाएर एक्लै निर्वाचनमा जाने प्रतिवद्धता जाहेर गरेका हुन्् । प्रधानमन्त्री ओली निर्वाचनपछि भने सत्तासहकार्य आवश्यक रहने उल्लेख गरे । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेसगैँ नेकपा एमालले पनि सोही निर्णय ठीक भएको स्विकारेको छ ।
प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई सर्पोट गर्दै पोलिट्ब्युरो सदस्य विशाल भट्टराईले निर्वाचनमा एक्लै लडेर विजय हासिल गर्ने समाथ्र्यको विकास गर्ने र निर्वाचनपछि सत्तासहकार्य गर्ने बताए । आगामी मंसिरमा स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन गर्ने सरकारको तयारी रहेकै बेला ओलीले स्थानीय तहको उपनिर्वाचनमा पनि एमाले एक्लै लड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले पूर्वसहमतिअनुसार नै कांग्रेसलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल सकिए लगत्तै पूर्वप्रधानमन्त्री प्रचण्डले जस्ताे सत्ताका लागि विभिन्न जालझेल नगर्ने र पूर्वसहमतिकै आधारमा राजनैतिक संस्कारलाई स्थापित गर्दै एक हप्ताअघि नै प्रधानमन्त्रीको कुर्सी खाली गरेर कांग्रेसलाई प्रधानमन्त्री बन्न आग्रह गर्ने समेत प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री ओलीले र सत्ता सहकार्य र लोकतन्त्रको संरक्षणका लागि कांग्रेस र एमालेले आवश्यकता अनुसार सत्ता सहकार्यलाई सदैव अगाडी बढाउने बताएका छन् ।
महासचिव शंकर पोखरेलले मंगलबारको पोलिट्ब्युरो बैठकमा पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गरेका छन् । एमालेको जारी पोलिट्ब्युरो बैठकमा भोलि पोलिट्ब्युरो सदस्यहरूलाई बोल्नका लागि तीन मिनेटको समय निर्धारण गर्दै वार्षिक कार्ययोजनाबारे निर्णय गरेर समसामयिक प्रस्ताव पारित गर्ने तयारी रहेको एमालेले जनाएको छ ।