देश

एमाले नेताको टोली सभापति देउवा निवासमा, नदी किनारका संरचनाका विषयमा छलफल

काठमाडौं । नेकपा एमाले काठमाडौंका नेताहरूले आज (मंगलबार) साँझ सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

एमाले वागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई नेतृत्वको टोलीले देउवालाई उनकै निवास बुढानीलकण्ठमा भेटेर नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगर पालिकाका मेयरले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यान आकर्षण गराएको हो ।

सो क्रममा देउवाले अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जानुपर्ने विषयमा सहमति जनाएको बताइएको छ । उनले कानुन मन्त्रीलाई छिटो भन्दा छिटो पुनरावलोकनमा जानका लागि आवश्यक पहल लिन निर्देशन पनि दिएको नेताहरु बताउँछन् । टोलीमा भट्टराईसँगै नेकपा एमाले काठमाडौं जिल्ला ईञ्चार्ज आनन्द पोखरेल, काठमाडौं जिल्लाका अध्यक्ष दीपक निरौला लगायत सहभागी थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *