राजनीति

कांग्रेसको १५ औँ महाधिवेशनमा गुमेको विरासत फर्काउन सक्लान त कोइराला परिवारले ?

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ औँ महाधिवेश विधानअनुुसार नै गर्ने बताएका छन् । कांग्रेस संस्थापनइतर पक्षले १५ औँ महाधिवेशन निर्धारित समयमा नहुने हो की भनेर बेला–बेला महाधिवेशनको कुरा निकालिरहेका बेला सभापति देउवाले केन्द्रीय समितिको बैठकमा निर्धारित समयमा नै विधानअनुसार १५ औँ महाधिवेशन हुने भएकाले ढुक्क हुन कांग्रेस संस्थापन तथा संस्थापनइतर पक्षलाई आग्रह गरेका छन् । कांग्रेस संस्थापनइतर समुहले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न सभापति देउवालाई समय–समयमा ध्यानाकर्षण गराइरहेका बेला सभापति देउवाले तोकिएको समयमा नै महाधिवेशन हुने भएकाले सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्दै तयारीमा लाग्न निर्देशन दिएका छन् ।

नियमित विधानअनुसार महाधिवेशन ०८२ मंसिरमा हुनुपर्ने भएपनि विगतका महाधिवेशनलाई हेर्दा कांग्रेसको महाधिवेशन पार्टी विद्यान र संविधानले दिएको सुविधा अनुसार हुँदै आएकाले यस पटक पनि सोही अनुुसार नै हुने कांग्रेसका एक नेताले संकल्प खबरलाई बताएका छन् । एमालेसँगको सहमति अनुसार अबको २ वर्षपछि कांग्रेस सभापति
शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएकाले पनि महाधिवेशन कांग्रेसको महाधिवेशन पर धकेल्नि सक्ने कांग्रेस संस्थापनइतरपक्षले अनुमान गरेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने पार्टीको केन्द्रिय समितिले विधानअनुसार निर्धारित समयमा महाधिवेशन गर्ने निर्णय गरिसकेकाले यसमा कसैले संका गरिरहनुपर्ने आवश्यकता नरहेको औँलयाए ।
पार्टीमा सभापति देउवाको पक्षमा करिब दुईतिहार्इ केन्द्रीय समिति र महाधिवेशन प्रतिनिधि रहेकाले देउवाले अघि सारेको व्यक्ति नै १५औं महाधिवेशनबाट नयाँ नेतृत्वमा आउने करिब निश्चित रहेको कांग्रेसका कार्यकताहरु बताउँछन् । देउवाले अहिलेसम्म सभापतिका लागि कसैलाई ग्रिन सिग्नल दिएका छैनन् । देउवाको सिग्नल पाउनका लागि पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंहलगायत नेताहरू प्रतिक्षारत छन् ।

यता कांग्रेसको संस्थापनइतर समुह भने १५ औं महाधिवेशनबाट कोइराला परिवारको गुमेको विरासत फर्काउन एक ढिक्का बन्ने कसरतमा लागेको छ। १४ औं महाधिवेशनमा कोइराला परिवारभित्र बिग्रह आउँदा सभापतिमा पराजय भोगेको डा. शेखर कोइरालाले बताउँदै आएका छन् । शेखर र सुजता कोइराला १५ औँ महाधिवेशनमा गुमेको विरासत फर्काउन एक ठाउँमा उभिने बताइरहे पनि पार्टीका पूर्व महामन्त्री डा. शशांक कोइरालाले १५ औँ महाधिवेशनमा आफु सभापतिको उमेदवार रहने घोषणा गरेसँगैँ शेखर र सुजता संसकित बन्न पुगेका छन् । कांग्रेस महामन्त्री गगन थापाले समेत आगामी १५ औँ महाधिवेशनमा सभापतिमा लड्ने तयारी गरेसँगै कांग्रेसको १५ औँ महाधिवेशन रोचक र प्रतिप्रर्धी बन्ने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *