राजनीति

फेरि १७ हजारभन्दा बढी जनता मार्न चाहान्छन् प्रचण्ड ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताबाट बाहिरिएपछि नकरात्मक सोचमा केन्द्रित छन् । प्रचण्डले बारम्बार सरकार र जनतालाई धम्क्याउँदै आएका छन् । प्रचण्डले लोकतन्त्र गणतन्त्रको संरक्षणमा जुट्नुपर्ने भन्दै लोकतन्त्र र गणतन्त्र नै संकटमा पर्ने किसिमको अभिव्यक्ति दिदैँ आएका छन् । पूर्व प्रधानमन्त्री समेत भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ताको प्रतिपक्षमा बस्नुपरेको पीडा धम्कीँको शैलीमा दिदैँ आएका छन् । के यस्तो अभिव्यक्तिले देशमा कसरी शान्ति स्थापना हुन्छ ? जनताको समस्या समाधान गर्ने धारणा निर्माण गर्नुको सट्टा जनतालाई झन् आक्रोशित बनाउने क्रियाकलापमा उद्धृत देखिन्छन् प्रचण्ड । परिवर्तनको नाममा १७ हजार जनता मारेर माओवादीलाई जन्म दिएका प्रचण्डले नयाँ क्रान्तिको अर्को नयाँ पाटो सिर्जना गर्न नसकेर पुरानो विचारलाई नै बढवा दिइरहेकाले नागरिकहरूले आधुनिकतासँग मेल खाने कुरा नगरेको भन्दै नागरिकहरूले माओवादीको धारणालाई पुरातनवादी भन्दै आपत्ति जनाउँदै आएका छन् ।

तर अझै प्रचण्डले जनताको आवाजलाई मनन गर्न सकेका छैनन् । सत्ताको प्रतिपक्षमा रहेको माओवादीले सडकमा जनता उतारेर आन्दोलनको वातावरण सिर्जना गर्नु कसरी संविधानसंम्बद्ध हुन सक्छ रु यो जनताले उठाएको आवाज हो । छेपाराले रङ फेरेझैँ रङ फेरेर जनतालाई खाडलमा फसाउने रणनीति प्रचण्डले सिर्जना गर्न नहुने नागरिकहरूको भनाइ छ । क्रममा माओवादी सशस्त्र जनआन्दोलनका क्रममा घाइते भएका अपाङ्ग दृष्टिविहीन ,बिधुवा र भूमिहीन सुकुम्वासीको सम्बोधन कसरी गर्न सक्छन् रु उनीहरूले १७र१८ वर्ष सम्म पनि न्याय पाउन सकेका छैनन् । उनीहरूको घाउ अहिलेसम्म पनि आलै छ ।

पटक–पटक प्रधानमन्त्री समेत बनिसकेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले द्वन्द्वका घाइतेहरूलाई मलम लगाउन नसकेको जनताको गुनासो छ । तर प्रचण्ड सत्ताको कुर्सीका लागि पुनः सडकमा जनता उतार्ने भन्दै सरकारलाई धम्की पिटिरहेका छन् । गरिब जनताको चुल्हो बाल्ने काममा माओवादीले सत्तामा र सडकमा हुँदा समेत सहयोग गर्न नसकेको जनताको आक्रोश छ । तर प्रचण्ड जनताको पीडा सुन्नुभन्दा पनि सत्तामा कसरी चाँडो पुग्न सकिन्छ भन्ने रणनीति बुन्न व्यस्त छन् ।

प्रचण्डले राजनैतिक,सामाजिक संस्कारलाई स्थापित गर्न नेता तथा कार्यकताहरुलाई सल्लाह सुझाव दिनुको सट्टा सडकमा शक्ति प्रदर्शन गर्न तिर प्रेरित गरिरहेका छन् । शान्तिपूर्ण भनेर गरिएका आन्दोलनका क्रममा कयौँले अकालमा ज्यान गुमाउनु परेको, कति अङ्गभङ्ग र सरकारको भौतिक क्षति समेत भएको विषयलाई माओवादीले चिन्तन मनन गर्नु पदैन् र ? माओवादीले नयाँ क्रान्ति र जनहितमा केन्द्रित अभियान ल्याउन नसकेपछि माओवादीलाई हेर्ने जनताको दृष्टिकोण साँगुरो छ ।

कांग्रेस र एमालेले सबैको सहमतिमा संविधान संशोधन गर्ने बताइसकेका छन् । तर प्रचण्ड संविधान संशोधन गर्न नहुने भन्दै च्याँखे थापिरहेका छन् । नागरिकको हकहित र लोकतान्त्रिक गणतन्त्रको संरक्षणका लागि संविधान संशोधन गर्ने पक्षमा सरकारले रहेको बेला प्रचण्ड सत्ताबाहिर पुगेपछि संविधान संशोधन नागरिकको हितमा नभएको भन्दै अभिव्यक्ति दिइरहेका छन् । प्रचण्ड सत्तामा प्रधानमन्त्रीको रुपमा रहँदा सबैको सहमतिमा संविधान संशोधन गर्न आवश्यक रहेको बताएका थिए ।
आज फेरि प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’ को २५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै प्रतिक्रान्तिको शब्द ल्याउँदै पुनः सडक आन्दोलन आवश्यक रहेको बताएका छन् । प्रचण्डलाई कुन सन्र्दभमा के कुरा बोलिरहेको छु भन्ने सम्म थाहा हुन छोडेको छ । उनले सरकार र जनताकाविरुद्धमा बोलेपछि प्रचण्डको चौतर्फी आलोचना भएको छ । नागरिकहरुले यसरी धम्की दिएको मान्न सक्दैनन् , नत सरकारले नै स्विर्काछ ।

क्रान्तिका उपलब्धिलाई उल्ट्याउन सरकारले निकै कसरत गरिरहेको प्रचण्डले आरोप लगाएका छन् । आधुनिक समाजमा जनयुद्धलाई नागरिकहरुले हिंशाको रुपमा परिभाषा गर्न थालेपछि प्रचण्डको मनमा चस्का पस्थ थालेको छ । प्रचण्ड जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा मनाउनुपर्ने माग गरिरहेका छन् । तर उक्त विषय कसैले पनि स्वीकार गर्न सक्दैनन् ।यस्तै प्रचण्डले नेपालमा बङ्गलादेश अवस्था सिर्जना हुन समय नलाग्ने भन्दै अभिव्यक्ति समेत दिदैँ संविधानविपरित बोलेका छन् । अहिले प्रचण्डको अभिव्यक्तिलाई लिएर एक खाले युवाहरु अनैतिक काममा सल्बलाएका छन् । सत्तालाई नष्ट गर्ने प्रचण्डको अनैतिक अभिव्यक्तिले शान्ति र सुरक्षाको विषयलाई कसरी स्थापना गर्न सक्छ ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *