राजनीति

ओली र देउवाको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौँ । सत्तारुढ दलका दुई शीर्ष नेताबिच भेटवार्तामा समसामयिक विषयमा छलफल भएको छ । आइतबार साँझ बालुवाटारमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र सरकारका कामकारबाहीबारे छलफल भएको उच्च स्रोतले जनाएको छ ।

शीर्ष नेताको भेटवार्तामा सरकारले गरिरहेका कामकारबाहीबारे समीक्षा गर्दै अझ प्रभावकारी बनाउने उपायबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली र सभापति देउवासँगको भेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल तथा गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु देउवा राणा समेतले सहभागी जनाएका थिए । भेटमा सरकारको साझा न्यूनतम कार्यक्रमबारे समेत कुराकानी भएको बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *