राजनीति

आफुमाथि लागेको आरोपको तत्काल अनुसन्धान सुरु गर्न धनराजको माग

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगीबारे आफुमाथि लगाइएको आरोप पुष्टि गर्न अनुसन्धान अगाडी बढाउन सरकारलाई खुल्ला चुनौती दिएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उपसभापति गुरुङले आफुमाथि लगाइएको आरोपमाथि पार्दशी अनुसन्धान गर्न सरकारलाई खुल्ला चुनौती दिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगीबारे छानविन गरिरहेका बेला विषयान्तर गर्न आफुलाई आरोप लगाएको समेत उनले बताएका छन् ।

सहकारी ठगी सम्बन्धी प्रतिवेदन आउन लागेको अन्तिम समयमा विषयवस्तुलाई अन्तै मोड्न रचिएको घटनाको छिटो भन्दा छिटो छानविन गर्न सभापति गुरुङले माग गरेका छन् । आफुलाई जोडेर सहकारी प्रकरण भन्दै सामाजिक संजालमा सार्वजनिक भएको विषयमाथि तत्काल छानबिन गर्न गुरुङले सरकारको ध्यानाकर्षन गराएका छन् । आफूले निष्ठा, नैतिकता र सुशासन प्रदर्शन गर्दै आएको भन्दै संसद्‌मा गैरकानूनी कारोबार रोक्नका लागि ५ सय र हजारका नोट प्रतिबन्धमा समेत आफुले आवाज उठाएको बताए ।

गुरुङले आफूमाथि तत्काल छानबिन अगाडी बढाउन माग गर्दै आफ्नो २०७६ मै निज ज्योतिसँग डिभोर्स भएकाले यस प्रकरणमा आफुलाई जोड्न् नहुने बताएका छन् । सांसद गुरुङले पुर्व श्रीमती ज्योतिसँग आफ्नो सम्बन्ध खराब भएकै कारणले डिभोर्स गरेको भन्दै नक्कली डिभोर्स भन्दै गरिएको टिप्पणी प्रमाणित गर्न चुनौती दिएका छन् । यसअघि आफुमाथि लागेको आरोपमा समेत छानबिनपछि आरोप्मुक्त भएको उनको भनाइ छ ।

प्रतिनिधिसभाले बनाएको ‘सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’मा मितेरी बचत तथा ऋण सहकारीमा कुम्मराज गुरुङले दिएको बयानपछि धनराज गुरुङ पनि सहकारी प्रकरणमा मुछिएको तथ्य सार्वजनिक भएको थियो ।

अध्यक्ष गुरुङले भदौ ६ गते समितिमा दिएको बयानपछि धनराज गुरुङकी श्रीमती ज्योती गुरुङ व्यवस्थापक भएको बेलामा १२ देखि १४ करोडसम्म रकम हिनामिना भएको समाचार संचारमाध्यमहरुमा सार्वजनिक भएको थियो । कुम्मराज गुरुङले उपसभापति गुरुङले १२ देखि १४ करोडसम्म रकम अपचलन गरेको आरोप लगाएका थिए । ज्योती चार वर्षदेखि फरार सूचीमा छन् । धनराज गुरुङले भने ज्योतीसँग ‘डिभोर्स’ भइसकेको बताएका छन् । कुम्मराजले समितिमा धनराजलाई पनि सम्पूर्ण जानकारी भएको र कागजीरुपमा मात्रै ‘डिभोर्स’ भएको दाबी समेत गरेका थिए । ज्योतीबहादुर भण्डारीमार्फत् थाइल्यान्डमा ज्योती गुरुङले ‘बिटक्वाइन’मा लगानी गरेको र लगानी डुबेपछि फरार रहेको स्रोतले

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *