अर्थ

सहकारी ठगी प्रकरमा आफ्नो पक्षमा बोल्न नेता तथा कार्यकर्तासँग हारगुहार माग्दै सभापति लामिछाने

काठमाडौं । प्रचण्ड नेतृत्वको यसअघिको सरकारको संरक्षणमा परेका पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने सरकार परिवर्तन भएसँगै प्रहरीको निसानामा परेपछि पक्राउ पर्ने डरले नेता तथा कार्यकर्ताहरुलाई आफ्नो पक्षमा बोल्न आग्रह गर्दै आएका छन् ।

सहकारी अनुसन्धानका लागि बनेको संसदीय विशेष समितिले नौँ घण्टा लामो बयान लिएपछि सभापति लामिछाने पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीलाई आफुलाई निर्दोष सावित गरिदिन भन्दै हार गुहारका लागि यसअघि नै पुगिसकेका छन् ।

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले नेता तथा कार्यकर्ताहरुलाई आफुलाई जोगाउन कांग्रेस र एमालेको विरुद्धमा बोल्न आग्रह गर्दै आएका छन् । मंगलबार पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न पोखरा पुगेका सभापति रवि लामिछानेलाई कार्यक्रमस्थलबाहिर सहकारी पीडितले प्रदर्शन र नाराबाजी गर्दै कालो झन्डा समेत देखाएका छन् ।

सूर्यदर्शन सहकारीका पीडितले उनलाई विरौटमा झण्डा देखाउँदै सहकारी पीडितले गोर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीबाट लगिएको रकम फिर्ता गर्न माग गरेका छन् । ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो वचतको संरक्षण’, प्रहरी प्रशासनको दुरुपयोग बन्द गरजस्ता नाराका प्ले कार्ड बोकेर पदर्शनकारीहरुले नाराबाजी गरेका थिए ।

पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा रास्वपाको कार्यक्रमको आयोजना गरिएको थियो । विगतमा रविको हाईहाई गर्ने पोखरावासीले उल्टै कालो झण्डा देखाउँदै सहकारीको रकम फिर्ता गर्न माग राखेपछि लामिछानेले केही समयपछि कार्यक्रमलाई सम्बोधन गर्दै आफुलाई अघिल्लो सरकारले निर्दोष भएकै कारण पक्राउ गर्न नसकेको भन्दै ठुला –ठुला स्वरमा भाषण गरेका छन् ।

उनले नेता तथा कार्यकर्ताहरुलाई कांग्रेस र एमालेको विरोधमा उर्तिन भन्दै मलजल गरे । सभापति लामिछानेले संम्बन्धित निकायले अनुसन्धान अगाडी बढाइरहेको बेला कार्यकर्ताहरुलाई हल्ला पिट्न आग्रह गर्दै प्रचण्ड शैलीको सिको सिकेका छन् । पोखराको सूर्यदर्शन सहकारीमा १८ हजारभन्दा बढी बचतकर्ताको एक अर्ब ११ करोडभन्दा बढी रकम अपचलनमा मुछिएका रवि लामिछाने आफु कसरी जेल जानबाट बच्न सकिन्छ भन्ने फन्डा रच्नमा व्यस्त देखिएका छन् । सरकारले लामिछानेमाथि विभिन्न बहान सुनेर उन्मुक्ति दिनु हुँदैन् ।

लामिछानेले विगतको झैँ आफूले ऋण नलिएको दाबी गर्दै आएका छन् । आजको पोखरामा भएको कार्यक्रममा समेत लामिछानेले सोही कुरा दो¥याए । रास्वपाका सदस्यहरूलाई एकको बदला पाँचवटा काण्ड लेख्न निर्देशन समेत उनले दिए । आफू प्रबन्ध निर्देशक रहे पनि जीबी राई नै कार्यकारी अध्यक्ष रहेको सदस्यहरूलाई बताए । तर रवि लामिछानेको हस्ताक्ष कसरी चेकमा आयो ? यो प्रश्न निकै गहन विषय हो। यस प्रश्नको खोजीका आधारमा अनुसन्धानलाई हेर्दा लामिछानेले कुनै पनि बहानामा छुट पाउँदैन्न् ।

अनुसन्धानले सरासर रवि दोषी भएको पुष्टि भइसकेको छ । तर यो विषय पनि राजनीति वृतमा फरक तरिकाले प्रस्तुत गरिएको छ । अन्य सर्वसाधारणले त्यो गरेको फेला परेको भए अहिले उनीहरु जेलमा हुन्थे । तर लामिछाने जनताको इमोसन्ल ब्याकमेलमा छन् । संचारमाध्यममा समेत सार्वजनिक भएका , उपलब्ध यथेष्ट प्रमाणहरु अझै सुरक्षित नै छन् ।

लगानीकर्ताले प्रत्येक दिन गरेको लगानीको, कसले कहाँ डिपोजिट गर्‍यो, कुन बैंकबाट कति पैसा आयो भन्ने कुरा दिनदिनै हेर्ने कुराको जिम्मेवारी कार्यकारी अध्यक्षको भूमिका निर्वाह गरेको व्यक्तिले हेर्ने र उक्त भूमिका जीबी राईसँग रहेको भन्दै आफु बच्न फरार सुचीमा रहेका राईको काँधमा फेरी पनि लामिछानेले भारी विसाएर आफु हलुका बन्ने प्रयास गरेका ।

सूर्यदर्शन सहकारीबाट पुलेसो कर्जा खडा गरेर रवि लामिछानेले एक करोड रुपैयाँ लगेको दाबी पोखरा महानगरले गरेको प्रतिवेदनमा उल्लेख छ । व्यक्तिगत खातामा गएको रकमबारे सदस्यहरूले प्रश्न उठाएका थिए । लामिछानेले बोल्ने क्रममा विभिन्न कार्यक्रममा आफुलाई सुरक्षित गर्न खोज्दा आफ्नो खातामा रकम जम्मा भएको समेत स्वीकारी सकेका छन् । लामिछानेलाई सरकारले यसपटक पनि संरक्षण गर्ने विश्वासका साथ विभिन्न बहानाबाजीमा लागेको सर्वसाधारण सबै जनतालाई थाहा भइसकेको छ । तर सरकारले कसैलाई काखा र कसैलाई पाखा लगाउने प्रवृतिको विकास गर्नुहुँदैन् । सानालाई ऐन र ठुलालाई चैन भन्ने किसिमले भ्रष्ट्राचारको आरोप लागेकाहरुलाई सरकारले संरक्षण गर्न थाले लोकतन्त्रमा प्रदुषणको थुप्रो झन बढी बढ्न सक्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *