काठमाडौं । हालै सकिएको केन्द्रीय समितिले बैठकमा विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेसँगै नेपाली कांग्रेसले विधान संशोधनमा लागेको छ । सभापति देउवाले मस्यौदा समितिका संयोजक र सदस्यहरू पार्टीमा आवश्यक परामर्श गरी चयन गर्ने आन्तरिक छलफललाई समेत तिव्रता दिँदै आएका छन् । सभापति देउवाले पदाधिकारी बैठकमा छलफल गरेर समिति बनेपछि मात्र विधान संशोधनको विषयमा छलफल गर्ने बताएका छन् ।
पार्टीका नेताहरुले विधान संशोधनका विषयमा केन्द्रीय समितिमा समेत कुरा उठाएका थिए । विधान संशोधन गर्नुपर्ने विषयहरुमा सदस्यता वितरण, उम्मेदवार चयन, प्रमुख पदमा महिला सहभागिता, पार्टी संरचनाको आकार, आन्तरिक निर्वाचन प्रणाली, प्रदेश समितिको क्षेत्राधिकारका विषयमा छलफल गरेर अगाडी बढ्नुपर्ने कांग्रेस नेताहरुले बोलाउँदै आएका छन् ।
विधान संशोधनका लागि नेताहरुले उम्मेदवार छनोट प्रक्रिया विद्यान अनुसार गर्नुपर्ने बताएका छन् । पार्टीका चार तहले आफ्ना उम्मेदवारका टिकट वितरण गर्ने सक्ने उनीहरुको भनाइ छ । स्थानीय तह, प्रदेश र संघीय संसदको उम्मेदवार तय पार्टी क्रियाशील सदस्यहरुबाट छानिनुपर्ने बताउँदै आएका कांग्रेस केन्द्रिय नेताहरुले पालिका अध्यक्षको उम्मेदवार चयन गर्न समेत सम्बन्धित स्थानका सदस्यहरुले छनोट गर्ने पाउने व्यावस्था मिलाउन प्राइमरी इलेक्सनमा जानुपर्ने केन्द्रीय सदस्य मधु आचार्यको भनाइ छ ।
हालको विधान अनुसार वडा सदस्य र अध्यक्षको उम्मेदवार छान्ने अधिकार प्रतिनिधि सभा क्षेत्र संसदीय समितिलाई छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मदेवार जिल्ला संसदीय समितिले गर्छ । नगरपालिका र उपमहानगरपालिका प्रमुख(उपप्रमुखका उम्मेदवारको टिकट वितरण प्रदेश कार्यसमितिले गर्दै आएको छ । साथै महानगर प्रमुखरउपप्रमुख, प्रदेश र संघको उम्मेदवार केन्द्रीय संसदीय छनोट गर्ने व्यवस्था छ ।
कांग्रेस बैठकमा उपल्लो पदहरुमा महिलाको स्थान सुनिश्चित गर्नुपर्ने महिलाहरुको माग छ। विधानले तहगत संसदीय समितिलाई टिकट वितरणको अधिकार दिदैँ आएको छ। उम्मेदवार सिफारिसमा बढीमा ३ जनाको नाम उपल्लो पार्टी संरचनामा पठाउने विधि छ । यस्तै पार्टीका आठ वटै तहको कार्यसमिति भद्दा भएका कारण परिमार्जनको पाटोमा लाग्नुपर्ने डा. डिला संग्रौलाले बताएकी छिन् ।