राजनीति

कांग्रेस र एमालेसहित विभिन्न संस्थाले आज सरकारको राहत कोषमा रकम हस्तान्तरण गर्दै

काठमाण्डौ । अबिरल वर्षा, बाढी र पहिरोमा परी पीडित भएकाहरुको उद्धार तथा राहतका लागि आज प्रमुख राजनीतिक दलहरुले प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा रकम हस्तान्तरण गर्दैछन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले आज छुट्टाछुट्टै समयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई रकम हस्तान्तरण गर्दैछन् । ती दुईवटै दलले ५० लाख रुपैयाका दरले कोषमा जम्मा गर्ने निर्णय गरिसकेका छन् ।

यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहालको नेतृत्वमा निर्माण व्यबसायी परिषदले पनि कोषमा रकम हस्तान्तरण गर्दैछ । नेपाल बैक लिमिटेडले पनि आजै प्रधानमन्त्री ओलीलाई राहत रकम हस्तान्तरण गर्दैछ । नेकपा माओबादी केन्द्रले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट