दसेैँको चाड घर आँगनका पसिसकेको छ । नेपालीहरु संसारका जुनसुकै कुनामा भए पनि गच्छे अनुसार दसैँ मनाउँछन् । हुन त यो महान चाड शैलपुत्री दुर्गा अर्थात् पर्वतकी छोरी पार्वतीको आराधना भएकाले हिन्दु धर्मावलम्बीको मात्र हो भनेर मानिए पनि केही अपवाद छोडेर नेपालका ओमकार परिवारहरुले श्रद्धापूर्वक मनाउँछन् र परम्पराअनुसार दुर्गाको प्रसारको रुपमा टीका जमरा लगाउने, मान्यवरबाट आशीर्वाद थाप्ने र आपूmभन्दा सानाहरुलाई आशीर्वचन दिने चाडको रुपमा मनाइन्छ । अन्य धर्मका मानिसहरुले पनि यो चाडलाई समाजका मनाउनेहरुसँग सँगै बसेर खानपिन गर्दै मनाउँछन् ।
यसपटकको दसैँ अविरल वर्षा र त्यसबाट उत्पन्न जलप्रकोपबाट बाढी पहिरोले आक्रान्त पारेको छ र कतिपय राजमार्गहरु अझै सुचारु हुन सकेका छैनन् । महङ्गी यति बढेको छ कि विपद् र चाडले व्यापारी वर्गको मानसिकतामा किन कालोबजारप्रति मोह भएको हो , बुझ्नै सकिँदैन एकातिर भने यसलाई नियन्त्रण गरेर जनताको पक्षमा काम गर्न सरकारका अनेक निकायहरु किन अक्षम साबित भएका हुन्,बुझ्न गाह्रो भएको छ ।
तीन तहका सरकार सक्रिय छन्, महङ्गी नियन्त्रणका लागि अनेक सरकारी संयन्त्रहरु सक्रिय हुनुपर्ने हो, प्रहरी पनि सक्रिय हुनुपर्ने हो , वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित निकायहरु पनि सक्रिय भएर कालोबजारलाई नियन्त्रण गर्नुपर्ने हो तर किन भएन भन्ने प्रश्नको उत्तर अझै आउन सकेको छैन ।जनता प्रश्नको उत्तर खोजून् कि आफ्ना दैनिकीहरु जसरी पनि चलाऊन् । तर पनि वर्षदिनमा आएको धार्मिक तथा सामाजिक चाड दुर्गा भवानीको आराधना गरेर मनाउनु जो आवश्यक छ ।
दसैँको नवरात्रीमा पार्वतीको विभिन्न स्वरुपको आराधनासँगै खानपिनका लागि पनि मुख्य चाड हो । साकाहारीबाहेकले परम्परा अनुसार देवीलाई बली चढाई त्यसको प्रसाद स्वरुप मासु खाने चलन पनि छ ।पशुबली ठिक हो कि होइन भन्ने विवाद पनि चलेको छ र बली दिनुका अर्थ लोभ,मोह, रिस, द्वेष, छलकपट , असत्य, अविवेक जस्ता दुराचारी स्वभावको पो बली दिने भन्ने पनि व्याख्या उत्तिकै छ । जे होस्, दसैँले खानपिनको कुरा पनि सँगै आउँछ ।
बर्षभरि दुःख गरेर कमाउने अनि दसैँमा परिवारसँग रमाइलो गरी खाने , राम्रो लुगा लगाउने, परम्परा अनुसार जमरासहितको टीका लगाउँदा दक्षिण दिने चलन भएकाले खान पिन र दक्षिणामा ढाढस देखाउनु भन्दा परिवारको क्षमता र गच्छे अनुसार दसैँ मनाउनु पर्छ भन्ने चेतना पनि बढ्न थालेको छ । धनी र गरिबका बिचको खाडल बढेकोले पनि होला, मुलुकमा सम्पत्तिका कारणले समाज विभाजनको घेरामा छ ।
दसैँमा जसरी पनि मूल घरमा गएर मनाउने चलन छ । त्यसो हुँदा वर्षभरि जहाँसुकै रहेपनि परिवारका सबैजना एकैठाउँमा जम्मा भएर अनुभव साटासाट गर्ने , दुःखसुखका कुरा गर्ने , एकअर्कालाई भेटेर आफ्नो सम्मान र माया देखाउने बेला पनि हो । कतिपय जिल्लाका बासिन्दाहरु राजधानीमा नै बस्नु भएको छ । आन्तरिक बसाइसराइ तीब्ररुपमा भएको छ । फेरि समय परिवर्तन भएकाले नेपालीहरु अब नेपालमा मात्र सीमित छैनन् । संसारभर छरिएर रहेका छन् । जो जहाँ भए पनि दसैँको रौनकले छोएकै हुन्छ र दसैँले बालापनलाई झन सम्झाएको पाइन्छ ।
मुखैमा आएकौ दर्सँ मनाऊँ , हर्षोल्लासका साथ मनाऊँ र विपद्मा परेकाहरुलाई सक्दो सहयोग गरेर नेपालीहरु एकअर्कालाई सहयोग गर्छन् र आपसमा मिलेर बस्छन् भन्ने पुरानो चलनलाई यो पटक पनि जीवन्त बनाऊँ ।