राजनीति

भ्रम नफैलाउन रास्वपालाई कास्की प्रहरीको आग्रह

काठमाडौं । कास्की जिल्ला प्रहरी कार्यालयले हिरासतमा रहेका रवि लामिछानेमाथि कुनै दुर्व्यवहार नगरेको जनाएको छ ।सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई कास्की प्रहरीले हिरासतमा दुर्व्यवहार भएको आरोप सत्य नभएको कास्की प्रहरीको दाबी छ । एक विज्ञप्ति जारी गर्दै प्रहरीले लामिछानेलाई हिरासतमा दुर्व्यवहार भएको रास्वपाको आरोपप्रति कास्की प्रहरीले आपत्ति जनाएको छ ।

प्रहरीले भ्रामक तथा कपोकल्पित विचार टिकटक लगायत सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

कास्की प्रहरीले कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुरालाई सम्प्रेषण नगरी, सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार, सन्देश मात्र सम्प्रेषण गर्न रास्वपालाई अनुरोध समेत गरेको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर कास्की लगिएको थियो। उनी पोखरास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।  प्रहरीले उनीमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ।  उनलाई कात्तिक ८ गते बिहीबार अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। 

अहिले रास्वपाका नेता कार्यकर्ताहरु र ओकिलहरु समेत रविको पक्षमा उभिएर सरकारप्रति विभिन्न आरोप प्रत्यारोप लगाउँदै आएका छन् । तर सरकारले विधिको शासनका आधारमा देश चल्ने भन्दै सडकमा आन्दोलन गरेर अनुसन्धानलाई प्रभावित पार्ने काम नगर्न समेत आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *