काठमाडौं । समरभरमात्र अनुमति पाएको, हिजोमात्र अनुुमति सकिएको एसियाको थाई एयर जहाजलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ । अनुमतिविनै विमानस्थलको माथि आकाशमा बारम्बार फन्का लगाएपछि विकल्पका रुपमा मानवीय आधारमा अवतरण गराइएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
अनुमतिबिना आएको उक्त जहाजले काठमाडौंको आकाशमा निकैपटक फन्को मारेको थियो। अन्ततः विमानस्थलले अवतरण गर्न दिएको हो । बैंककबाट आएको थाई एयर एसियाको एफडी१८२ उडान झण्डै आधा घण्टा आकाशमै घुमेपछि २ः३८ मा अवतरण गरेको हो ।