काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जवाफ फर्काएका छन् । प्रचण्डले सरकारलाई कम्जोर बनाउन सडकमा भिड जम्मा गरेर सरकारविरुद्ध तानशाह शैलीमा हतियार उठाउन तयार हुने भन्दै धम्की दिएपछि प्रधानमन्त्ती प्रचण्डले अध्यक्ष प्रचण्डलाई हतियारको धम्कीले सरकार नडराउने , विधिको शासनमा चल्ने भन्दै प्रचण्डलाई हतियार बिसाउने चौतारी बनाइदिने जवाफ फर्काएका हुन् ।
शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको विरोधसभालाई सम्बोधन गर्दै ‘हामीले हतियार मात्रै बिसाएका हौँ, चलाउन बिर्षेका छैनौं’ भन्दै प्रचण्डले धम्की दिएका थिए । संसदीय अभ्यास भन्दा बाहिर गएर सडक जाम गरेर भिड जम्मा गरेपछि प्रचण्डलाई सचेत गराउँदै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक विधि तथा प्रक्रिया र विधिको शासनमा टेकेर हिँडेमात्र देश उभो लाग्ने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले माओवादी र रास्वपाको गतिविधिले जनताले दुःख पाउने बताए । कुनै पनि व्यक्ति भ्रष्ट्राचारमा दोषी भए अनुसन्धान गरेर कारबाही गर्नुपर्ने संविधान र संम्बन्धित कानुन अनुसार सरकारले काम गरिरहेका बेला प्रतिपक्ष दल माओवादी केन्द्र र रास्वापाले सहकारी प्रकरणमा र रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि सडकमा गरिएको आन्दोलनप्रति सरकारले कडा आपत्ति जनाएको छ ।
एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धम्कीका भरमा खान नहुने बताए । प्रधानमन्त्री ओलीले सरकारको अरुलाई धम्क्यार खाने संस्कार नभएको भन्दै प्रचण्डलाई कटाक्षा समेत गरेका छन् । सत्तामा रमाउने गरेका प्रचण्ड सडकमा झरेपछि चिन्तामा हुँदै सरकारको विरोधमा लागि रहेका छन् ।