काठमाडौं । गृहमन्त्री रमेश लेखकले अख्तियार एन संशोधन विधेयकको विषयमा सरकारले प्राथमिकताका साथ ध्यानमा राखेको बताएका छ्न । प्रतिनिधिसभा अन्तर्गतको राज्य सोमबारको व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले उक्त विद्येकलाई आगामी अधिवेशनमा प्रतिनिधि सभामा पेस हुने वातावरणको सिर्जना गर्न समितिलाई आग्रह गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले अख्तियार ऐन संशोधन विधेयक पास गर्नमा ढिलो भएको भन्दै समयमा नै उक्त विद्येयक संशोधन गर्न आवश्यक रहेको बताए । २०७६ सालमै आएको विधेयक अहिलेसम्म पारित नभएकाले समयमा नै पारित गरिदिन समेत अख्तियार प्रमुख राईले आग्रह गरेका छन् ।