काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पोखराको सूर्यदर्शनसहित ५ वटा सहकारीबाट बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा सरकारको निर्देशनमा विधिको शासनका आधारमा प्रहरीले निश्पिक्ष छानबिन गरिरहेको छ । नेपाल प्रहरीले सहकारी प्रकरणमा सभापति रवि लामिछानेमाथि पाँचवटै सहकारीमा रविको बयान लिने तयारीका साथ जिल्ला प्रहरी कार्यालय, कास्कीमा भएको अनुसन्धान सकिएपछि रविलाई अन्य सहकारीको अनुसन्धानमा पाँच जिल्लामा लाने तयारी गरेको छ ।
अन्य सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान गर्ने तयारीका साथ सम्बन्धित जिल्लाहरुलाई निर्देशन दिइसकिएको प्रहर िउच्च स्रोतले जनाएको छ । लामिछाने प्रबन्धक निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनमा सूर्यदर्शनसहित ५ वटा सहकारीको रकम लगानी भएको देखिएको थियो । रकम गएको सबै सहकारीको अनियमिततामा रविमाथि प्रबन्ध निर्देशकका हैसियतले अनुसन्धान गर्नुपर्ने देखिएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको हो ।
सुर्यदर्शनपछि उनीमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारी संस्थामा भएको बचतकर्ताको रकम अनियमितामा पनि अनुसन्धान गर्ने प्रहरीको तयारी रहेको छ ।
उक्त सहकारीबाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सहकारीमा लगानी गरिएको संसदीय छानबिन समितिको प्रतिवेदनमा पनि उल्लेख छ । थप ४३ करोड ७ लाख ७४ हजार ५३८ रुपैयाँ भने विभिन्न व्यक्तिका नाममा ऋण देखाएर गोर्खा मिडिया नेटवर्कमा लगिएको छ । रवि संलग्न अन्य सहकारीको अनुसन्धानको सुरुवात् स्वरुप रुपन्देहीको सुप्रिम सहकारी ठगीमा प्रकरणमा प्रहरीले उनलाई पक्राउ गर्न अनुमति लिइसकेको छ । जिल्ला अदालत, रुपन्देहीले ८ कात्तिकमा उनलाई ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
कास्की प्रहरीको पत्रका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई २ कात्तिकमा पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ गरेपछि रास्वपाकाले सरकारलाई विभिन्न आरोप र प्रत्यारोप लगाउँदै सरकारले अपनाएको विधिको शासनविरुद्ध सडकमा आन्दोलन गरिरहेका छन् । रवि लामिछानेका नेता तथा कार्यकर्ताहरुले जति नै सडकमा आन्दोलन गरेपछि सरकारले रविमाथि निश्पिक्ष छानबिन गरिरहेको छ । तर रास्वपा अनैतिक क्रियाकलापका साथ सडकमा प्रदर्शन गरिरहेको छ । बालुवाटारमा प्रदर्शन शुरु गर्ने तयारीलाई तिव्रता दिईरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तालाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेको विरोधमा बालुवाटारमा प्रदर्शन शुरु गर्नेक्रममा रहेको छ । सो क्षेत्र निषेधित क्षेत्र भएपछि प्रहरीले रास्वपा कार्यकर्तालाई त्यहाँबाट जान आग्रह समेत गरिरहेको छ । रास्वपा शुसानविरोधी गतिविधीमा लागेपछि आन्दोलनबाट हुने क्षेति न्युनीकरणका लागि प्रहरी र सरकारले आन्दोलन र राज्यविरोधी कार्यक्रम नगर्न आग्रह गरेको छ ।