अर्थ

समस्याग्रस्त सहकारी बचतकर्ताको डेढ अर्ब बढी रकम फिर्ता, सबै रकम फिर्ता गर्ने सरकारको लक्ष्य

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम फिर्ता गरेको छ। मंगलबार भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले पत्रकार सम्मेलन गरी सहकारी पीडितहरुको उक्त रकम फिर्ता गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एक लाख भन्दा कम बचत भएकाहरूको पूरै चुक्ता गरिएको र सो भन्दा बढी भएका ४३८ जनालाई पनि दामासाहीले राहत दिने काम गरिएको जानकारी दिए । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत सरकारले बचतकर्ताको रकम फिर्ता गरेको हो ।

मन्त्री अधिकारीका अनुसार मागदाबी गर्ने ६ हजार ५९३ जनाको रकम चुक्ता भएको छ । मागदावी गर्दै दुईवटा मिलाएर टोटलमा ६ हजार १५५ जनाको पुरै चुक्ता आजको मितिबाट पूरै चुक्ता भएको मन्त्री अधिकारीले जानकारी दिए । केही दिनभित्र खातामा उक्त रकम पठाइनेउनले बताए । मन्त्री अधिकारीका अनुसारएक लाख भन्दा मुनिको जम्मा १ अर्व, ४८ करोड, ५१ लाख ३७ हजार ७१५ रुपैँया चुक्ता भइसकेको छ ।

सरकारी तथ्यांकअनुसार मागदावी गर्ने बचतकर्ता ६२ हजार ७६० रहेका छन्। उनीहरूमध्ये ६५९३ जनाको बचत रकम फिर्ता गरिएको छ। अब बाँकी ५६ हजार ६०५ जनाको बचत रकम सम्बन्धित सहकारीको पूँजी, भौतिक सम्पत्ति, लगानी गरेको ऋण असुलीको माध्यामबाट फिर्ता गराईने पनि मन्त्रालयले जनाएको छ।

मन्त्री अधिकारीले सम्बन्धित सहकारीबाटै ती रकमहरू असुलगरी बचतकर्तालाई दिने गरी काम अघि बढाइएको बताए । मन्त्री अधिकारीले सहकारीका दोषी सबैलाई कारबाहीको दायरामा ल्याउने गरी सरकारले सहकारी सम्बन्धि ऐन संशोधन गर्न लागिएको समेत जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *