देश

संसदीय सुनुवाइ समितिद्धारा बेल्जियमको प्रस्तावित राजदूतमा सेवा लम्सालको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ । बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रस्तावित राजदूत लम्सालको सुनुवाइ गर्दै सर्वसम्मतले उनको नाम अनुमोदन गरेको हो ।

सरकारले राजदूत पदमा सिफारिस गरेपछि लम्सालको संसदीय सुनुवाइका लागि भदौ ५ गते परराष्ट्र मन्त्रालयले समितिमा पत्र पठाएको थियो ।

समितिमा लम्सालबिरुद्ध एउटा उजुरी समेत परेको थियो । समितिमा लम्सालको सुनुवाइ गरेपछि योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतले लम्सालको नाम अनुमोदन गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *