काठमाडौं। पूर्व उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राज्यद्वारा वेपत्ता पारिएका नागरिकको स्थिति अविलम्ब सार्वजनिक गर्न माग गरेका छन् । नेता श्रेष्ठले बेपत्ता नागरिकको स्थिति सार्वजनिक गर्ने शान्ति प्रक्रियाको महत्वपूर्ण काम बाँकी रहेको बताए ।
झापाको दमकस्थित पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेता श्रेष्ठले बिहीबार यस्तो कुरा बताएका हु्न् । लामो कसरतपछि सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक राष्ट्रिय सहमतिका साथ पारित भएको बताउँदै श्रेष्ठले टीआरसी विधेयक पारित भइसकेकाले अब बेपत्ता नागरिकको स्थिति अविलम्ब सार्वजनिक गर्न आवश्यक रहेको बताए ।
नेता श्रेष्ठले जनयुद्धका दौरानमा सेनाको भैरवनाथ गणवाट बेपत्ता बनाइएका झापाका दाजुभाइ पुष्प बस्नेत र धीरेन्द्र बस्नेत जस्ता योद्धाहरुको योगदानकै कारण मुलुकमा संघीय लोकतन्त्रक गणतन्त्र बहाली भएको बताए ।