काठमाडौं । विगतका वर्षहरुको तुलनामा यस वर्ष तिहारका लागि बालिने तिहार बत्ति कम आएको छ ।नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रमेश देवकोटाले व्यवसायीहरूले यस वर्षको तिहारका लागि पठाएको २५ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती मगाएको तर वर्षाका कारण बाढीले केरुङ नाकाको राजमार्ग अवरुद्ध भएकाले कति बत्ति आयो भन्ने एकिन गर्न नसकिएको जानकारी दिए ।
भन्सार विभागको तथ्याङ्कका अनुसार आर्थिक वर्ष (२०८१र८२) को असोज मसान्तसम्ममा ४ करोड ७४ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । चालु आर्थिक वर्षमा चीन, बहराइन, इजरायल, ओमानलगायतका ८ मुलुकबाट यस्तो बत्ती आयात भएको विभागको तथ्यांकले देखाएको छ ।
सबैभन्दा धेरै चीनबाट आयात भएको छ भने दोस्रोमा भारतबाट र तेस्रोमा कतारबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । चीनबाट ४ करोड ४३ लाख ७४ हजार रुपैयाँको झिलिमिली बत्ती आयात भएको छ । यस्तै भारतबाट ३० लाख रुपैयाँको, कतारबाट २६ हजार रुपैयाँ, बहराइन र साउदी अरेबियाबाट ७\ ७ हजार रुपैयाँको, ओमानबाट ५ हजार रुपैयाँ, इजराइल र मलेसियाबाट १र१ हजार रुपैयाँको झिलिमिली बत्ती आयात भएको हो ।