देश

कहाँ–कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

काठमाडौं । हाल देशभर पश्चिमी वायुको तथा पहाडी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यी दुई प्रणालीको प्रभावले शुक्रबार बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागहरूमा आंशिक  बदलीदेखि मौसम मुख्यतया सफा छ ।

आज (शुक्रबार) दिउँसो पनि कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू–भागका थोरै तथा बाँकी  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन / चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । बिहीबार राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । कोशी प्रदेश, बागमती प्रदेश र  गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा राति पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तो छ शनिबार र आइतबारको मौसम पूर्वानुमान
२०८१ कात्तिक १७ गते शनिबार

दिउँसो– कोशी र बागमती प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । 

राति– देशको पहाडी भ–ूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र  गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

२०८१ कात्तिक १८ गते आइतबार

दिउँसो–कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेश पहाडी भू–भागका केही तथा बाँकी  प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति– देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र  गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *