राजनीति

उपनिर्वाचन : कीर्तिपुरको मेयरमा डा.सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर)का लागि डा. सुरेन्द्र मानन्धरलाई आगामी मंशिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । मानन्धर मेयरको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस भएको नेकपा एमालेका नेताले जानकारी दिए । काठमाडौं । नेकपा (एमाले)मा आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धर सिफारिस भएका छन् ।

एमालेको कीर्तिपुर नगरपालिका कमिटीले मेयरको उमेदवारमा मानन्धरको नाम सर्वसम्मतरूपमा सिफारिस गरेको एमाले नेता राजन भट्टराईले जानकारी दिएका छन् । कीर्तिपुरका तत्कालीन मेयर राजकुमार नकर्मीको गत साउन १० गते राति निधन भएको थियो । नकर्मी गत स्थानीय चुनावमा नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए ।

स्थानीय तहको उपनिर्वाचन हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ३९ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि आगामी मंसिर १६ गते निर्वाचन गर्ने आयोगले मिति तोकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *