काठमाडौं । सिनामंगलको एक होटलमा मृत भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको खुलेको छ । काठमाडौं परिसरका एसपी तथा प्रवक्रा नवराज अधिकारीका अनुसार मृत अवस्थामा फेला पर्नेमा स्थायी ठेगाना सुनसरी दुहवी भएका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी रहेका छन् । सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । काठमाडौं परिसरका एसपी तथा प्रवक्रा नवराज अधिकारीले
शनिबार मात्रै क्यानडाबाट फर्केका उनीहरुले आत्महत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक संकेत गरेको छ । तर उक्त घटना रहस्यमय छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि शनिबार काठमाडौं फर्केका थिए ।
काठमाडौं महानगरपालिका–९ प्रकाश सन्यास आश्रम जाने बाटोमा उक्त होटल रहेको छ । खोटाङका रामजी कटुवालले पर्शुराम आचार्यको घर भाडामा लिएर जन्मभूमि होटल सञ्चालनमा ल्याएका थिए । सोही होटलमा पौन ७ बजे पुगेका उनीहरले चौथो तलाको १२० नम्बर कोठा बुक गरेर बसेका थिए ।
मृत श्रीमान–श्रमतीको अनुसन्धान गर्न फरेन्सिक विज्ञसहितको टोली घटनास्थल पुगेको छ । अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको थियो । त्यसपछि प्रहरीले फरेन्सिक विज्ञसहितको टोली झिकाएर अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार अहिले फरेन्सिकको टोली घटनास्थल पुगेर काम गरिरहेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक टोली घटनास्थल पुगेर काम सुरु गरेको छ ।
मृत भेटिएका दम्पत्तिको शव पोष्टमार्टमका लागि त्रिविस्थित शिक्षण अस्पताल पठाइएको छ । प्रहरी वृत्त गौशालाका डीएसपी सुकदेव खनालका अनुसार घटनास्थल मुचुल्का गरेरे आइतबार दिउँसो शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको हो । मृत भेटिएका सुनसरीको दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमतीको शव मृतक रमेशका बाबुआमा आइपुगेपछि उठाएर पोष्टमार्टमका लागि पठाइएको हो ।