खेलकुद

विराटनगर किंग्सले तोड्यो हारको खडेरी, लुम्बिनीमाथि २ विकेटको जित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले पहिलो जित निकालेको छ ।

लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्दै विराटनगर किंग्सले हारको खडेरी तोडेको हो । विराटनगरको जितमा ओपनर लोकेश बमले शानदार ब्याटिङ गरे ।

बुधवारको दोस्रो खेलमा जितका लागि लुम्बिनीले दिएको १ सय ९२ रनको बलियो लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो ।

विराटनगरको जितमा ओपनर लोकेश बमले ४७ बलमा ७१ रनको शानदार पारि खेले । बसिर अहमदले २३ बलमा ४० रनको आक्रामक पारि खेले ।

मार्टिन गुप्टिलले १७ बलमा २८ रनको योगदान दिए । अन्तिममा ब्याटिङ गर्न आएका क्रिस सोलले ४ बलमा १४ रन बनाउँदै विराटनगरलाई जित दिलाए ।

इस्मात आलम शून्य रनमा आउट हुँदा राजेश पुलामी मगरले ४ रनको योगदान दिए । निकोलस किर्टन पनि शून्य रनमा आउट भए ।

दीपक बोहराले ९ रनमा नट आउट रहँदा प्रतिश जिसीले ६ रन बनाए । सन्दीप लामिछाने १ रनमा क्याच आउट भए । अन्तिममा ब्याटिङ गर्न आएका क्रिस सोलले ४ बलमा १४ रन हानेर टिमको जित निश्चित गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *