खेलकुद

ए डिभिजन लिगमा आज दुई खेल हुदै

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदै छन् । आज दुवै खेल अपराहन्न ३ बजेदेखि हुदैछन् ।

आज एन्फा कम्प्लेक्समा हुने खेलमा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लब भिड्दै छन् ।

जारी लिगमा त्रिभुवन आर्मीको १९ खेलमा २६ अंक छ भने फ्रेन्ड्स क्लबको १९ खेलमा २१ अंक रहेको छ ।

त्यसैगरी आज च्यासल मैदानमा चर्च ब्वाइज युनाइटेड र हिमालयन शेर्पा क्लबबीच खेल हुदै छ ।

जारी लिगमा चर्च ब्वाइज १९ खेलमा ३६ अंकसहित शिर्ष स्थानमा छ भने हिमालयन शेर्पाको १९ खेलमा २५ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *