खेलकुद

आइपिएलको प्लेअफको समीकरण पुरा

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफको समीकरण पुरा भएको छ ।

जारी आइपिएलमा गुजरात टाइटन्स १४ खेलमा २० अंकसहित शिर्ष स्थानमा रहदै प्लेअफमा पुगेको छ ।

त्यस्तै १४ खेलमा १७ अंकसहित चेन्नई दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको छ ।

अब प्लेअफको क्वालिफायर १ मा गुजरात र चेन्नई खेल्ने छन् । यो खेल मे २३ मा हुने छ । यस खेलको विजयी टिम सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिम दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ ।

त्यस्तै लखनउ सुपर जाइन्टस १४ खेलमा १७ अंकसहित तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको छ । त्यस्तै मुम्बई इण्डियन्स १४ खेलमा १६ अंकसहित चौथो स्थानमा रहेर प्लेअफमा पुगेको छ ।

अब इलिमिनेटरमा लखनउ र मुम्बईबीच खेल हुने छ । यस खेलको विजेताले पहिलो क्वालिफायरसँग पराजित भएको टिमसँग दोस्रो क्वालिफायर खेल्ने छ भने पराजित भएको टिम बाहिरिने छ ।

इलिमिनेटरको खेल मे २४ मा हुने छ भने दोस्रो क्वालिफायर २६ मे मा हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *