खेलकुद

गुजरातलाई हराउदै चेन्नई आइपिएलको फाइनलमा

काठमाडौँ । चेन्नई सुपर किंग्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ । चेन्नईले गुजरात टाइटन्सलाई १५ रनले पराजित गर्दै आपिएलको फाइनलमा पुगेको हो ।

चेन्नईले दिएको १७३ रनको लक्ष्य पछाएको गुजरात २० ओभरमा अलआउट हुदै १५७ रन बनाएको थियो ।

गुजरातका लागि शुभमन गिलले ४२, राशिद खानले ३०, दासुन शानकाले १७, विजय शंकरले १४, रिद्धिमान शाहले १२ रन बनाएका थिए ।

त्यस्तै चेन्नईका बलर दिपक चहर, महीश थिकक्षना, रविन्द्र जडेजा र मथीशा पाथीरानाले २-२ विकेट लिएका थिए भने तुषार देशपाण्डेले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

चेन्नईका लागि रुतुराज गायकवाडले सर्बाधिक ६० रन बनाए भने डेभोन केनवेले ४० रन बनाए ।

त्यस्तै रविन्द्र जडेजाले २२, आजिख्य रहाने र अम्बाती रायडुले १७-१७ रन बनाए ।

त्यस्तै मोहमद शामी र मोहित शर्माले २-२ विकेट लिए भने दर्शन नलकान्डे, राशिद खान र नूर अहमदले एक एक विकेट लिए ।

योजितसँगै चेन्नई आइपिएलको फाइनलमा पुगेको छ । चेन्नई आइपिएलको इतिहासमा १०औं पटक आइपिएलको फाइनलमा पुगेको छ ।

त्यस्तै पराजित भएको गुजरातले भने दोस्रो क्वालिफायरमा खेल्ने अवसर पाउने छ । दोस्रो क्वालिफायरमा गुजरातको भिडन्त इलिमिनेतरमा लखनउ सुपरजाइन्ट र मुम्बई इण्डियन्सको विजेतासँग हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *