खेलकुद

शहिद स्मारक लिगः आज तीन खेल हुदैँ

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीनवटा खेल हुदैँछन ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार २१ औं राउन्डका खेल हुन लागेका हुन ।

जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछ भने च्यासल मैदान, ललितपुरमा एउटा खेल हुनेछ ।

च्यासल मैदानमा हुने एक मात्र खेलमा एपिएफ फुटबल क्लब र संकटा क्लब बिच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेवाट सुरु हुनेछ ।

उता, दशरथ रंगशालामा २ बजेवाट सुरु हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम बिचमा प्रतिस्पर्धा हुनेछ ।

रंगशालामा हुने दोस्रो खेल साँझ ६ बजेवाट सुरु हुनेछ, जुन खेलमा जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *