खेलकुद

एनआरटीले आर्मीलाई हरायो

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत न्युरोड टिम (एनआरटी) विजयी भएको छ ।

बुधबार दशरथ रंगशालामा भएको खेलमा एनआरटीले त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गरेको हो ।

एनआरटीका लागि कृष्णरत्न चुन्जुले गरेको एक गोल नै निर्णायक भयो । उनले खेलको ७९ औं मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै एनआरटीले ३ अकं जोडेको छ । एनआरटीको २१ खेलबाट २६ अंक भएको छ । समान खेल खेको आर्मीको २९ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *