खेलकुद

घरेलु टोली नेपाललाई हराउदै भारत समूह विजेता

काठमाडौं । भारतले घरेलु टोली नेपाललाई हराउदै जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह ‘ए’ को विजेता बनेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा नेपाललाई हराउँदै भारतले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

घरेलु समर्थकको साथ पाएको नेपाललाई भारतले ३-१ को सेटमा हराएको हो ।

पहिलो सेट १२-२५ को अन्तरले गुमाएको नेपालले दोस्रो सेट २४-२६ ले गुमाएको थियो । तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेर नेपाल खेलमा फर्किएको थियो ।

तर, चौथो सेट २५-२१ ले जितेर भारतले नेपालविरुद्धको जित पक्का गर्यो।

जितसँगै समूह ‘ए’ को भारत ३ खेलमा ९ अंक शीर्ष स्थानमा रहेको छ । पराजित नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *