खेलकुद

एपिएफविरुद्ध संकटाको जित

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत एपिएफ फुटबल क्लब विजयी भएको छ ।

बुधबार च्याशल रंगशालामा भएको खेलमा एपिएफले संकटा क्लबलाई २–१ गोलले पराजित गरेको हो । एपिएफका लागि आवाश लामिछानेले दुई गोल गरे ।

उनले खेलको २४ औं र दोश्रो हाफको इन्जुरी समयमा एक गोल थपे । संकटाका लागि मनिस डांगीले एक गोल गरे । उनले ५० औं मिनेटमा गोल गरेका हुन् ।

यो जितसँगै एपिएफले ३ अंक जोडेको छ । एपिएफको २१ खेलबाट २६ अंक भएको छ । समान खेल खेको आर्मीको २३ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *