
काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फ्रेन्ड्स क्लबले सातदोबाटो युथ क्लबमाथि शानदार जित निकालेको छ ।
विहिबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा फ्रेन्ड्सले सातदोबाटो युथ क्लबलाई ४-० गोल अन्तरले पराजति गरेको हो ।
फ्रेन्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे भने राफिक अमिनु र प्रकाश बुढाथोकी एक एक गोल गरेका थिए ।
जारी लिगमा फ्रेन्ड्सको यो छैटौं जित हो । फ्रेन्ड्सले २१ खेलमा २४ अंक जोडेर लिगको १२औं स्थानमा रहेको छ ।
त्यस्तै सातदोबाटोको भने आठौ हार हो । सातदोबाटो २१ खेलमा २९ अंक सहित लिगमा चौथो स्थानमा रहेको छ ।