खेलकुद

आइपिएलको फाइनलमा चेन्नई र गुजरात खेल्ने

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच हुने भएको छ ।

चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । पहिलो क्वालिफायरमा पराजित भएको गुजरातले दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई हराउदै फाइनलको यात्रा तय गरेको छ ।

आइपिएलको इतिहासमा चेन्नई १०औं पटक आइपिएलको फाइनलमा पुगेको छ । जसमा चेन्नईले यसअघि चार पटक उपाधि जितेको छ ।

त्यस्तै आफ्नो दोस्रो सिजन खेलिरहेको गुजरातले दुवै पटक फाइनलको यात्रा तय गरेको छ । गत सिजनमा गुजरातले आफ्नो पहिलो सिजनमा नै उपाधि जितेको थियो ।

आइपिएलको इतिहासमा मुम्बई इण्डियन्सले सबैभन्दा बढी ५ पटक यो उपाधि जितेको छ । त्यस्तै चेन्नईले ४, कोलकोताले २ पटक आइपिएलको उपाधि जितेको छ ।

त्यस्तै राजस्थान रोयल्स, सनराइजर्स हैदरावाद, डेकन चार्जर्स र गुजरात टाइटन्सले एक एक पटक आइपिएलको उपाधिको जितेका छन् ।

त्यस्तै अहिलेसम्म रोयल च्यालेन्जर्स बैंगलोर, पञ्जाब किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर किंग्सले अहिलेसम्म आइपिएलको उपाधि जितेका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *