काठमाडौं । शहिद स्मारक ए डिभिजन अन्तर्गत त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लब बराबरीमा रोकिएका छन् ।
शनिबार च्यासल मैदानमा सम्पन्न खेलमा आर्मी र मछिन्द्र १-१ गोलको बराबरीमा रोकिदै अंक बाँडेका हुन् ।
आर्मीले खेलको १७औं मिनेटमा दिनेश हेन्जनको गोलमार्फत शुरुवाती अग्रता बनाएपनि सो अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनुपरेको थियो ।
मछिन्द्रका लागि खेलको ६०औं मिनेटमा आर्मीका युद्द शाहीले आत्मघाती गोल गरेका थिए । सो गोलसँगै मछिन्द्र हारबाट जोगिएको थियो ।
यो बराबरीपछि आर्मी २२ खेलमा ३० अंकसहित लिगमा चौथो स्थानमा छ भने मछिन्द्र २२ खेलमा ३६ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ ।