
काठमाडौँ । पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ ।
गएराती सम्पन्न खेलमा स्ट्रासबर्गसँग १-१ गोलको बराबरी खेलेसँगै पिएसजीले यस सिजनको फ्रेन्च लिग वानको उपाधि जितेको हो ।
यो यस खेलमा पिएसजीका लागि लियोनेल मेसीले गोल गरेका थिए भने स्ट्रासबर्गका लागि केभिन गामेरियोले बराबरी गोल गरेका थिए ।
यो जितपछि पिएसजीको ३७ खेलमा ८५ अंक भएको छ र एक खेल अघि नै लिगको उपाधि जितेको छ ।
पिएसजीले योसहित ११औं पटक लिग वनको उपाधि जितेको छ । पिएसजी यो जितपछि सबैभन्दा बढी पटक लिग वानको उपाधि जित्ने क्लब बनेको छ ।
यस अघि पिएसजी र सेन्ट एटीएन्नेले १०-१० पटक उपाधि जितेका थिए ।
त्यस्तै मार्सेलीले ९ पटक, मानाको र नान्तेजले ८-८ पटक लिग वानको उपाधि जितेका छन् ।