खेलकुद

बाबर र रिजवान क्रिजमा, पाकिस्तानको सय रन पुरा

काठमाडौँ । पाकिस्तानले आफ्नो सय रन पुरा गरेको छ । नेपालविरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको पाकिस्तानले २१.४ ओभरमा २ विकेट गुमाउदै सय रन पुरा गरेको हो ।

अहिले कप्तान बाबर आजम ४० र मोहमद रिजवान ३७ रन बनाएर खेलिरहेका छन् । दुवैले तेस्रो विकेटका लागि अहिलेसम्म ७७ रनको साझेदारी गरेका छन् ।

यसअघि ओपनर फखर जमान १४ र इमाम उल हक ५ रन बनाएर आउट भएका थिए ।

नेपालका लागि करण केसीले एक विकेट लिएका थिए भने एक विकेट कप्तान रोहित पौडेलले रनआउट गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *