
काठमाडौँ । लियोनेल मेसी प्रेरित इन्टर मियामीको जितको सिलसिला जारी रहेको छ । मेजर लिग सकर अन्तर्गतको खेलमा इन्टर मियामीले बलियो मानिएको लस एन्जल्स एफसीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
इन्टर मियामीको जितमा फाकुन्दो फारियस, जोर्डी अल्बा र लिओनार्दो क्याम्पानाले एक एक गोल गरेका थिए ।
त्यस्तै इन्टर मियामीका लागि लियोनेल मेसीले दुई गोल असिस्ट गरेका थिए । त्यस्तै लस एन्जल्सका लागि एक गोल रियान होलिन्ग्सहेडले गरेका थिए ।
यो जितपछि इन्टर मियामी इस्टर्न क्षेत्रमा २५ खेलमा २५ अंक हासिल गरेको छ र लिगमा १४ स्थानमा रहेको छ ।
त्यस्तै वेस्टर्न क्षेत्रमा रहेको लस एन्जल्सको भने यो यस सिजनमा आठौ हार हो । लस एन्जल्सको २६ खेलमा ४० अंक छ र वेस्टर्न क्षेत्रमा तेस्रो स्थानमा रहेको छ ।