खेलकुद

फिफा विश्वकप छनोटमा ब्राजिलको सानदार सुरुवात

काठमाडौँ। फिफा विश्वकप फुटबल २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित निकालेको ।

आज बिहान भएको खेलमा बोलिभियालाई ५–१ गोलले हराउँदै ब्रजिलले विजयी सुरुवात गरेको हो ।

ब्राजिलका लागि रोड्रिगो र नेयमारले समान २–२ तथा राफिन्हाले १ गोल गरेका थिए । यस्तै, बोलिभियाका लागि भिक्टोरले एक गोल फर्काएका थिए ।

यो जितसँगै ब्राजिल ३ अंकका साथ तालिकाको शीर्षस्थानमा छ । दक्षिण अमेरिकी छनोटमा दश राष्ट्रले सहभागीता जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *