खेलकुद

एसिया कप क्रिकेट : श्रीलंका ५० रनमै अलआउट

एसिया कप क्रिकेटको फाइनलमा श्रीलंकाले भारतविरुद्ध अत्यन्तै खराब ब्याटिङ गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट भएको हो । पहिले टस जितेर ब्याटिङमा उत्रिएको श्रीलंकालाई भारतले १६ ओभरमै अलआउट गरिदिएर ५० रनमा समेटेको हो।

एसिया कप क्रिकेटको फाइनल भिडन्तमा पहिले ब्याटिङमा जाने निर्णय श्रीलंकाका लागि दुर्भाग्यपूर्ण सावित भएको छ ।

भारतविरुद्धको फाइनल भिडन्तमा उसले टी–२० फर्म्याटको भन्दा कम स्कोर गरेको छ। कोलम्बोको आर प्रेमदासा स्टेडियम भइरहेको खेलमा श्रीलंकाको सुरुवातले उसका समर्थकलाई स्तब्ध बनाएको छ । उसका दुईजना मात्रै खेलाडीले दोहोरो स्कोर गर्न सके। अब भारतका लागि ५० ओभरमा ५१ रन बनाउनु पर्ने आवश्यक छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *