खेलकुद

एम्पोलीमाथि रोमाको गोल बर्षा

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत एएस रोमाले एम्पोलीमाथि गोलको बर्षा गरेको छ ।

गएराती सम्पन्न खेलमा रोमाले एम्पोलीलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।

रोमाका लागि पाउलो डिबालाले दुई गोल गरेका थिए भने रेनाटो सान्चेज, ब्रायन क्रिसटान्ट, रोमेलु लुकाकु र गियानलुका मान्चिनीले एक एक गोल गरेका थिए । त्यस्तै एम्पोलीका अल्बेर्टो ग्रासीले एक गोल आत्मघाती गोल गरेका थिए ।

यस अघि २ खेलमा हार र एक बराबरी खेलेको रोमाको यस सिजनको लिगमा यो पहिलो जित हो । यो जितपछि रोमाको ४ खेलमा ४ अंक भएको छ र लिगमा १२औं स्थानमा उक्लिएको छ । त्यसैगरी एम्पोलीको भने यस सिजनमा यो लगातार चौथो हार हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *