
काठमाडौँ । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले यस सिजनको युइएफए च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ ।
सर्बियन क्लब कर्भेना भेजडाविरुद्धको खेलमा सिटीले ३-१ को जित निकाल्दै यस सिजनमा विजयी शुरुवात गरेको हो ।
सिटीको जितमा जुलियन अल्भारेजले २ गोल गरेका थिए भने रोड्रीले एक गोल गरेका थिए । त्यसैगरी भेजडाका लागि ओसमान बुकारीले एक गोल फर्काएका थिए ।
यो जितसँगै समुह जी मा रहेको म्यानचेस्टर सिटीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । साथै यसै समुहमा रहेको आरबी लेइपजिंगले योंग ब्वाइजलाई ३-१ गोल अन्तरले नै पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको छ ।
म्यानचेस्टर सिटीले अब च्याम्पियन्स लिग अन्तर्गत अर्को खेल अक्टोबर ५ मा आरबी लेइपजिंगविरुद्ध खेल्ने तालिका रहेको छ ।