खेलकुद

एसियाडका पदक विजेता खेलाडी सम्मानित

काठमाडौं । सङ्खुवासभा सदरमुकाममा तेक्वान्दोका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित भएका छन् । तेक्वान्दोका राष्ट्रिय खेलाडी प्रेमबहादुर लिम्बू गृहजिल्लामा सम्मानित भएका हुन् ।

खाँदबारीमा आज आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलाडी लिम्बूलाई खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले सम्मानपत्रका साथै दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए । नगरप्रमुख थपलियाले खेल क्षेत्रको विकासका लागि जिल्लाका दशवटै पालिको सहकार्य आवश्यक भएको बताए ।

तेक्वान्दोमा एक दशकदेखि सक्रिय लिम्बूले थाइल्याण्ड, कोरिया, इन्डोनेसियामा भएका विभिन्न प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय पदक प्राप्त गरेका छन् । हालै चीनको हाङझावमा सम्पन्न एसियाडमा पनि पदक जितेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *