खेलकुद

नेपाल र बहराइनको खेल दशरथ रंगशालामा नहुने एन्फाको घोषणा

काठमाडौं । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत बहराइनसँग ८ चैतमा हुने खेल दशरथ रंगशालामा नहुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार दरशरथ रंगशालामा तय खेल नहुने भएको जनाएको छ। एन्फाले नयाँ मिति केही समयपछि हुने बताएको छ। एन्फाले मलेसिया र भारतमा गर्ने गृहकार्य गरेको छ।

दशरथ रंगशालाको दुबो र माटो कमजोर भएपछि बहराइनले एसियाली फुटबल महासंघ (एएफसी)मा उजुरी गरेको थियो। त्यसपछि आएका एएफसीका प्रतिनिधिले निरीक्षण गर्दै खेल दशरथ रंगशाला गर्न नसकिने रिपोर्ट गरेका थिए।

समूह ‘एच’मा रहेको नेपालले यसअघिका दुवै खेल हारिसकेको छ। युएई र यमनसँग हारेको हो। पछिल्लो साता नेपाल रग्बी संघको आयोजनामा रग्बी राष्ट्रिय स्तरको फिप्टिन्स रग्बी च्याम्पियनसिप आयोजना भएपछि मैदानको अवस्था कमजोर बनेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *