खेलकुद

क्यानडाका निकोलस किर्टोन एनपीएलमा विराटनगरबाट खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिराटनगर किंग्सले क्यानडाका लराउण्डर निकोलस किर्टोनलाई भित्र्याएको छ ।

बारबाडोसका २६ बर्षिय अलराउन्डर किर्टोनलाई एनपीएलका लागि भित्र्याएको विराटनगरले जानकारी दिएको हो । किर्टोन वेस्ट इन्डिजको यू-१९ टिमबाट पनि खेलेका थिए ।  

किर्टोनलाई विराटनगरले भित्र्याएका दोस्रो विदेशी खेलाडी हुन् । यसअघि विराटनगरले ओमानका कप्तान आकिब इलियासलाई अनुबन्ध गरेको थियो ।

विराटनगरको मार्की खेलाडीमा राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने रहेका छन् ।

आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ । 

अहिले सम्झौता भएका खेलाडी:

काठमाडौँ गुर्खाज

– नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
-नामिबियाका अलराउन्डर जेरार्ड इरासमस
 
लुम्बिनी लाइन्स

– इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज
– अस्ट्रेलियाका अलराउण्डर बेन कटिंग

जनकपुर बोल्ट्स

– न्यूजील्याण्डका जिम्मी निशाम
– अमेरिकाका जोसुआ ट्रोम्प

पोखरा एभेन्जर्स 

– वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप,
– नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
– अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस

सुदूरपश्चिम रोयल्स

-स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
– पाकिस्तानका ब्याटिंग अलराउण्डर सैफ जैब

बिराटनगर किंग्स

– ओमानका कप्तान आकिब इलियास
– क्यानडाका लराउण्डर निकोलस किर्टोन

कर्णाली याक्स

– पाकिस्तानका अल राउण्डर हुसैन टलात

चितवन राइनोज

– दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज
-इङल्याण्डका लुक बेनकेनस्टिन

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *