अर्थ

दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सूचना महामार्ग निर्माण गर्ने सम्झौक्ता

काठमाडौं।नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सूचना महामार्ग निर्माण गर्ने सम्झौक्ता भएको छ । कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश खण्ड अर्न्तगत सूचना महामार्ग निर्माण गर्ने सम्झौक्ता भएको हो।
दुई वर्ष भित्र पूर्वाधार निर्माण कार्य सम्पन्न गर्ने गरि निर्माण गर्न लागिएको आयोजनाको लागत तीन अर्व ८१ लाख रहेको सम्झौक्तामा उल्लेख छ । २४ सय किलोमिटर लम्वाईमा विस्तार गर्न लागिएको यस आयोजनाले २० जिल्लालाई समेट्ने छ । कर्णाली र सुदुरपश्चिम प्रदेशका सबै जिल्ला सहित बाँके,बर्दियाँ र रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म फाईबर नेटवर्क विस्तार गरिने सम्झौक्तामा उल्लेख गरिएको छ । ग्रामिण दूरसञ्चार विकास कोषको रकमबाट उक्त महामार्ग निर्माण गर्न लागिएको हो ।
यस आयोजनाको निर्माणसँगै कर्णाली र सुदुरपश्चिम प्रदेशका जिल्ला सदरमुकाम, स्थानीय तह, स्वास्थ्य चौकी र विद्यालयमा सूचना महामार्गको सहज पहुँच पुग्ने अपेक्षा राखिएको छ ।
निर्माण गर्न लागिएको सूचना महामार्ग मध्यपहाडी लोकमार्ग,पूर्वपश्चिम राजमार्ग, उत्तर दक्षिण राजमार्ग र हुलाकी राजमार्गमा न्यूनतम ९६ कोरको अप्टिकल फाइवर रहेन छ भने सदरमुकाम र स्थनीय तहमा क्रमश न्यूनतम ४८ र २४ कोरको अप्टिकल फाइवर विस्तार गरिने सम्झौत्तामा उल्लेख छ ।
सेवाप्रदायक टेलिकमबाट निर्माण एवं सञ्चालन हुँने यस अप्टिकल फाइवर पूर्वाधार आयोजनाले मुलुकको मेरुदण्डको रुपमा रहेको डिजिटल नेपालका लागि सूचना महामार्गको निर्माण गर्ने प्राधिकरणको विश्वास छ ।
पूर्वाधार सहप्रयोग गरी ठूला पूर्वधारमा हुने दोहोरो लागनीलाई न्युनिकरण गर्दे दूरसञ्चार सेवा,ई–गभरर्नेन्स,इ–वैंकिङ लगायतका सेवा सस्तो र भरपर्दो बनाउने प्राधिकरणको लक्ष्य छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *