प्रविधि

एमडीएमएस दर्ता नभएका मोबाइल धमाधम ब्लक गर्दै प्राधिकरण, भ्रममा नपर्न आग्रह

काठमाडौैं । नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस दर्ता नभएका मोबाइल सेटहरूको ट्रयाक र ब्लक गर्न लागेको जनाएको छ ।

प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै उपकरण नजोड्दै एमडीएमएस लागू गरेको घोषणा शीर्षक राखी विभिन्न माध्यमबाट प्रकाशित तथ्यहीन समाचारप्रति प्राधिकरणको ध्यान आकृष्ट भएको जनाउँदै एमडीएमएसमा दर्ता नभई प्रणाली बाहिर ग्रे लिष्टमा रही सञ्चालनमा रहेका मोबाइल फोनसेटहरूलाई प्राधिकरणको मोबाइल डिभाइस व्यवस्थापन विनियमावली, २०७५ बमोजिम क्रमशः ब्लक गर्ने कार्यको सुरूवात गरिएको जनाएको छ ।

एमडिएमएस परियोजनाअन्तर्गत सेकेन्डरी साइटकाका लागि आवश्यक हार्डवयेर उपकरणहरू आयात भई जडान भएको, प्रणालीअन्तर्गतको इम्पाेर्टर्स माेडुअल र कन्जुमर माेडुअल तयार भएकाे, एमडिएमएस प्रणालीलाई भन्सार विभागले सञ्चालनमा ल्याएको नेपाल राष्ट्रिय एकद्वार प्रणालीसँग आवद्व गरिएको तथा प्राइमरी साइटमा रहने कन्टेनर तथा केही विद्युतीय उपकरणहरू मात्र आयातको क्रममा रहेको प्राधिकरणले जानकारी दिएकाे छ ।

केही समययता विभिन्नन सञ्चारमाध्यममा एमडीएमएसबारे गलत सूचना सम्प्रेषण भएपछि प्राधिकरणले शुक्रबार त्यसबारे स्पष्ट पारेकाे हाे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *