प्रविधि

सामाजिक सञ्जाललाई तीन महिनाभित्र नेपालमा सूचीकरण गर्न निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालसँग सम्बन्धित कम्पनीहरुलाई नेपालमा दर्ता र सूचीकरण हुन निर्देशन दिएको छ ।

सामाजिक सञ्जाल कम्पनीहरुलाई ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०’ अनुसार सञ्चालनमा आउन मन्त्रालयले एक सूचना जारी गर्दै शुक्रबार निर्देशन दिएको हो ।

यससँगै हाल सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्मले मसिंर १५ गतेको मितिले तीन महिनाभित्र मन्त्रालयमा सूचीकरण हुनुपर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *